
काठमाडौँ, १५ जेठ । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–३ मा सञ्चालनमा ल्याएको छ । शाखाको पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले औपचारिक उद्घाटन गरे ।
उनले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै पुनर्वास शाखाबाट सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको भएको बताए ।
पुनर्वास शाखा समेत गरी बैंकले १७९ वटा शाखा, १४५ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।
बुधबारदेखि सञ्चालनमा आएको बैंकको पुनर्वास शाखाबाट स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।















प्रतिक्रिया