
काठमाडाैँ, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ मा विद्युत् उत्पादन दोब्बर गरिने बताएका छन् ।
बुधबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै आगामी वर्षभित्र विद्युत् उत्पादन दोब्बर हुने बताएका हुन् ।
नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिए।
बजेट आजै दिउँसो सम्पन्न राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्को बैठकले पारित गरेका थिए।















प्रतिक्रिया