४ कार्तिक २०८३, बुधबार

भारतसँग बंगलादेश अभ्यास खेलमा ९५ रनले पराजित

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १५ जेठ । बंगलादेशविरुद्धको वार्मअप म्याचमा भारतले ९५ रनको जित हात पारेको छ । कार्डिफमा भएको खेलमा टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै ३५९ रन बनाएको थियो ।

भारतका लागि महेन्द्र सिंह धोनी र केएल राहुलले शतकीय योगदान दिए । चौथो विकेटका लागि राहुल र धोनीले १६४ रनको साझेदारी गरेका थिए ।

ब्यक्तिगत तर्फ केएल राहुलले ९९ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १०८ रन बनाए । धोनीले अझ आक्रामक ब्याटिङ गरे । उनले ७८ बलमा ८ चौका र सात छक्का प्रहार गर्दै ११३ रन बनाएका थिए ।

विराट कोहलीले पनि ४७ रन बनाए । ओपनर शिखर धवन भने एक रन बनाएर पवेलियन फर्केका थिए । बलिङतर्फ रुवेल हुसेन र शकिब अल हसनले २–२ विकेट लिए ।

३६० रनको लक्ष्य पछ्याएको बंगलादेश इनिङ सकिनु भन्दा तीन बल अगावै अलआउट भयो । उसका दुई खेलाडीलेमात्र अर्धशतक पार गरे । ओपनर लिटन दासले ७३ रन बनाए भने मुस्फिकर रहिमले ९० रन जोडे । अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।

ब्लिङतर्फ कुलदिप यााादददव र युज्भेन्द् चाहलले ३–३ विकेट लिए भने जस्प्रित बुम्राहले दुई विकेट हात पारे ।