
काठमाडौँ, १४ जेठ । एनआईसी एशिया बैंक लिमिटेड र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्राप्त गर्नेछन् ।
सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गले ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत, सम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्रिनसिटी हस्पिटलसँगको सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडी, कान्तिपुर डेन्टल हस्पिटलसँगको सम्झौता पत्रमा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठ तथा स्टार हस्पिटलसँगको सम्झौतापत्रमा हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका छन् । सम्पूर्ण सम्झौतापत्रहरुमा बैंकका तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरे ।
बैंकले देशभर रहेका २८४ शाखा कार्यालय, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करिब १६ लाख रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ ।
बैकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ । बैंकको कुल निक्षेप करिब रू. १६९ अर्ब र कुल कर्जा करिब रू. १४४ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको दाबी गरेको छ ।















प्रतिक्रिया