३० आश्विन २०८३, शुक्रबार

नेपाली बाबुकी छोरी भारतीय संसदमा निर्वाचित भएपछि बबाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pratuisa

नयाँदिल्ली, ३ फागुन । नेपाली पिताकी छोरी भारतको संसदमा निर्वाचित भएपछि भारतमा बबाल मच्चिएको छ।

भारतको तल्लो सदन लोकसभामा निर्वाचित भएकी प्रत्युसा राजेश्वरी सिंहको विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता दल (बीजेपी) ले बबाल मच्चाएको हो । प्रत्युसाका पिता नेपाली हुन् भने आमा भारतीय हुन् ।

गएको अक्टबरमा भएको उपनिर्वाचनमा बिजु जनता दल (बिजेडी)बाट उम्मेदवार बनेकी प्रत्युसाले प्रधानमन्त्री मोदीको दल भाजपाका उम्मेदवार रुद्रमाधव रे भन्दा झण्डै ३ लाख बढी मत ल्याएकी थिइन् ।

प्रत्युसा नेपाली नागरिक भएको र अहिलेसम्म भारतीय नागरिकता नलिएको भन्दै भाजपाका उम्मेदवार रेले प्रत्युसाविरुद्ध उडिसा उच्च अदालतमा रिट दायर गरेका छन् । रिटमा प्रत्युसाको पद खारेजीको माग गरिएको छ ।

तर, प्रत्युसाले भने अदालतलाई लिखित जबाफ दिँदै त्यसको खण्डन गरेकी छिन् । उनले भनेकी छिन् -‘म नेपाली पिता र भारतीय आमाबाट भारतमा जन्मिएकी हुँ । सन् १९७१ मा मेरा अभिभावकहरु छोटो राँचीमा बसोबास गर्दा म जन्मिएकी हुँ।’ प्रत्युसा पूर्व सांसद हेमेन्द्र चन्द्र सिंहकी श्रीमती हुन्।