४ कार्तिक २०८३, बुधबार

सुस्मिता सेनका पर्सनल कुरा सामाजिक सञ्जालमा

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री सुस्मिता सेन सोसल मिडियामा सक्रिय छिन् । सुस्मिताले आफ्ना फ्यानलाई प्रोफेसनल लाइफसँगै पर्सनल कुरासमेत सोसल मिडियामार्फत जानकारी दिन्छिन् ।

सुस्मिताका फ्यानका लागि खुसीको खबर यो छ कि उनले मिस युनिभर्सको उपाधि जितेको हालै २५ वर्ष पूरा भएको छ ।

यो खुसीको मौकामा सुस्मितालाई सुन्दर गिफ्ट मिलेको छ । उनका ब्वाइफ्रेन्ड रोहमन सलले सरप्राइज दिए ।

केकमा सुस्मिताका विभिन्न फोटोहरू अंकित गरिएको थियो । मिस युनिभर्स जित्दाको फोटोसमेत त्यहाँ थियो । केकमाथि मिस युनिभर्सको क्राउन लगाइएको थियो ।

जसलाई सुष्मिताले सोसल मिडियामा सेयर गरिन् । यो सरप्राइजमा उनका छोरी रेनी र अलिशा पनि सामेल थिए । पूरै परिवार मिलेर यो खुसीको सेलिब्रेट गरे ।

सुस्मिताले सोसल मिडियामा अर्को भिडियो र फोटो सेयर गरिन् । भिडियोमा सुस्मिता सुन्दर केक काटिरहेकी देखिन्छिन् । जसमा यसका साथै, भिडियोमा बाँकी सबै उनलाई विस गरिहेका देखिन्छन् ।

यो भिडियोमा ब्वाइफ्रेन्ड रोहमनसँगै दुई छोरी, प्रितम शिखरे र नुपुर शिखरे देखिन्छन् । सुस्मिताले भने आफ्नो मिस युनिभर्सको यात्राबारे जानकारी दिँदै खुसी व्यक्त गरेकी छिन् ।

सुस्मिताले सन् १९९४ मा मिस युनिभर्सको उपाधि जितेकी थिइन् । उपाधि जित्ने उनी पहिलो भारतीय युवतीसमेत हुन् ।