१० कार्तिक २०८३, मंगलबार

यस्तो रह्यो एमालेको स्थायी कमिटी बैठक, केन्द्रीय नेताहरुको कार्यविभाजन सोमबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemale

काठमाडौँ, ३ फागुन । नेकपा एमालेका केन्द्रीय नेताहरुको कार्यविभाजन सोमबार हुने भएको छ ।

एमाले स्थायी समितिको आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा कार्यविभाजनका विषयमा छलफल भए पनि सोमबार टुंगाउने सहमति भएको छ ।

‘बैठकमा केन्द्रीय कमिटीमा मनोनयन तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजनका विविध पक्षमाथि गम्भीर छलफल भयो । फागुन ४ गते बस्ने बैठकबाट यी बिषयहरूमा आवश्यक निर्णय लिइनेछ ।’- बैठकपछि पार्टी महासचिव ईश्वर पोखरेलबाट जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले आगामी चैत २८ गतेका लागि घोषणा गरिएको बाग्लुङ क्षेत्र नं १ को उपनिर्वाचनका लागि सम्भाव्य उम्मेदवारहरूको नाम आगामी १० दिनभित्र सिफारिस गर्न बाग्लुङ जिल्ला कमिटी र बाग्लुङ क्षेत्र नं १ को क्षेत्रीय कमिटीलाई निर्देशन दिएको छ ।

यसैगरी, स्थानीय जनतालाई सेवा सुविधामा सहजता प्राप्त होस् भन्ने उद्देश्यका साथ बाराको सिमरामा मालपोत कार्यालयको शाखा खोल्ने भूमिसुधार मन्त्रालयको निर्णयको बिरोध गर्ने नाममा कलैयामा अवस्थित नेकपा (एमाले) बारा जिल्ला कमिटीको कार्यालय लगायत नेपाली काँग्रेस पार्टी कार्यालयसमेतमा गरिएको तोडफोड र आगजनीको बैठकले निन्दा र भत्र्सना गरेको छ ।