२ कार्तिक २०८३, सोमबार

रुपन्देहीमा फुपुका छोराले आफ्नै भाइको अपहरण गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kidnappedरुपन्देही, ३ फागुन । रुपन्देहीबाट एक वालक अपहरणमा परेका छन् । रुपन्देहीको बोगडी–४ का रामकिसुुुन नाउका ५ बर्षीय छोरा रोहन नाँउ माघ २९ गते बिहानै पौने दशबजे स्कूल जाने क्रममा बाटो बाट अपहरणमा परेका हुन् ।

घरबाट करिब आधाकिलोमिटर दक्षिण गाउ नजिकैको एक निजी विद्यालयमा नर्सरी कक्षामा अध्यनरत बालकलाई सोही गाबिस वडा नं ६ नकहिया बस्ने अन्दाजी २५ बर्षीय उनकै फूपुका छोरा प्रदेशी नाँउले अपहरण गरि लगेको पीडित परिवारको आरोप छ ।

समोसा खुवाउन भनी आफूलाई झोला थम्हाई रोहनलाई सँगै लगेको अपहरित बालकको सहपाठी सोहीगाँउ बस्ने ५ बर्षीय आकाश धोबीले बताएका छन् । भान्जा प्रदेशीले दुईबर्ष अघि आफूसँग २५ हजार नगद दिनु नत्र तेरो छोरालाई अपहरण गर्ने धम्की दिएका थिए ।
‘मेरो छोरा लग्नेले माग गरे बमोजिम रकम बुझाउन म तयार छु तर छोरा खोजीदिनुस्’ ।

आपराधिक पृष्ठभूमिका निज प्रदेशीले यसै साता मेरो ९८०५४४६४१२ नं भएको सिमकार्ड र एक थान नोकिया मोबाईल समेत खोसेर लागेको परदेशीका भाई १५ बर्षीय बलिकरन नाँउले बताएका छन । परदेशीले रोहनलाई पेशेवर अपराधीको जिम्मा लगाईसकेको स्थानीयको दाबी छ ।

घटनाको पाँचदिन बितिसक्दा पनि प्रहरीले अपहरित बालकलाई मुक्त गराउन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक डिएसपी रमेश पोखरेलले बालकको सकुशल उद्दारको प्रयास भइरहेको जानकारी दिनुभयो ।