२ कार्तिक २०८३, सोमबार

चैतभित्रै स्ववियु निर्वाचन गर्न विद्यार्थीहरुको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tu-building1काठमाडौँ, ३ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले चैतभित्र स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा हीराबहादुर महर्जनलाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।

विसं २०६५ देखि स्ववियु निर्वाचन नभएको भन्दै अनेरास्ववियुले चैतभित्र चुनाव गराउन समयसीमा दिँदै ज्ञापनपत्र बुझाएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा पटक–पटक मिति घोषणा भए तापनि विभिन्न कारणले स्ववियु निर्वाचन स्थगित हुँदै आएकाले अहिले सबै विद्यार्थी सङ्गठन निर्वाचनका लागि तयार भएको हुनाले त्रिविले चैतभित्र चुनाव घोषणा गर्नुपर्ने माग गरेको छ ।

विश्वविद्यालयका उपकुलपति डा हीराबहादुर महर्जनले चुनाव गराउन आफूहरु तयार रहेको र त्यसका लागि सबै विद्यार्थी सङ्गठनले सहयोग गर्नुपर्ने बताउनुभयो । रासस