४ कार्तिक २०८३, बुधबार

तीन नम्बर प्रदेशस्तरीय चिल्ड्रेन कप करातेका विजेतालाई महर्जनद्वारा पुरस्कार वितरण

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १२ जेठ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको दोस्रो ३ नम्बर प्रदेश उपराष्ट्रपति चिल्ड्रेन कप कराते प्रतियोगिता ललितपुर जिल्ला लगनखेल डोजोमा आइतबार सम्पन्न भएको छ ।

प्रतियोगितामा पुरुष र महिला गरी ७२ जना खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिताको पुरुष ३० केजी तौल समूहमा भक्तपुरका राज भुलन प्रथम काठमाडौंका दीपेश तामाङ द्वितीय नुवाकोटका सुजन लामा र सिन्धुपाल्चोकका आगमन दुलाल तृतीय भएका छन् ।

३५ केजीमा काठमाडौका सहिल घले प्रथम, भक्तपुरका अभिषेक तामाङ, द्वितीय मकवानपुरका सुन्दर तामाङ र सिन्धुपाल्चोकका लक्ष्य तामाङ तृतीय भएका छन् ।

४० केजीमा धार्दिङ्का मनोज श्रेष्ठ प्रथम, काठमाडौंका नबराज पुरी द्वितीय र ललितपुरका बिशाल डंगोल, रामेछापका अंकित सुवेदी तृतीय भएका छन् ।

पुरुष कातातर्फ धार्दिङ्का मनोज श्रेष्ठ प्रथम, काठमाडौंका साहिल घले द्वितीय र भक्तपुरका राज भुलोन तृतीय भएका छन् । महिला ३० केजी समूहमा काठमाडौंकी अन्जिला राई प्रथम, नुवाकोटकी पूजा लामा द्वितीय, ललितपुरकी डोल्मा पाख्रिन र भक्तपुरकी किरण पाण्डे तृतीय भएका छन् ।

३४ केजीमा काठमाडौंकी दीब्या गुरुङ प्रथम, भक्तपुरकी शिरुषा भुजु द्वितीय, नुवाकोटकी प्रास्ना पंडित र मकवानपुरकी स्नेहा पराजुली तृतीय भएका छन् ।

३८ केजीमा काठमाडौंकी अञ्जली महर्जन प्रथम, भक्तपुरकी राशिका राई द्वितीय, सिन्धुपाल्चोककी प्रमिला र चितवनकी ममता गुरुङ तृतीय भएका छन् ।

महिला कातातर्फ काठमाडौंकी अञ्जली महर्जन प्रथम, काठमाडौंकी अन्जिला राई द्वितीय, काठमाडौंकै दीब्य गुरुङ तृतीय भएका छन् ।

विजय खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद पूर्वकोषाध्यक्ष, करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतियोगितामा सहभागी राष्ट्रिय खेलकुद परिषदले निर्बाह गर्नुपर्ने सम्पूर्ण रेफ्री, खेलाडी, टिमकोच, व्यवस्थापकहरूलाई महर्जनले धन्यावाद दिएका छन् । प्रतियोगितामा सहभागीलाई बिहानको ब्रेकफास्ट, लन्च र दिउँसोको खाजाको ब्यबस्थापन लगनखेल डोजो परिवारले गरेको थियो ।

प्रतियोगितामा कराते प्रमुख प्रशिक्षक शोभित प्रसाइँले गुटबन्दी र लथालिङ्ग भताभुङग अबस्थामा रहेको कराते महासंघलाई जोगाउन र दुई चिरामा रहेको कराते महासंघलाई एउटै बनाउने अहम भूमिका निभएकोमा प्रमुख प्रशिक्षक प्रसाइँले खेलाडी प्रशिक्षक र रेफ्रीहरूले प्रशंसा गरेका थिए ।

लगनखेल डोजोका सचिव तथा सोही डोजोका प्रशिक्षक किक बक्सिङ पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जले खेलाडीहरूलाई सहयोग गर्ने अवसर दिएकोमा आयोजक कमिटीलाई धन्यवाद ब्यक्त गरेका थिए ।