२ कार्तिक २०८३, सोमबार

यी हुन रक्तचन्दन तस्कर गर्ने चिनिया नागरिक !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raktachandanरसुवा, ३ फागुन । अवैध रुपको रक्तचन्दन निकासी गर्न खोजेको अभियोग लागेका दुई चिनियाँ नागरिकलाई रसुवा जिल्ला अदालतले आइतबार जेल सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश राजु खतिवडाको एकल इजलासले चिनियाँ नागरिक टासी र अर्का लिउटाङलाई जनही छ महिना कैद र रु ५१ हजार २०० का दरले जरिवाना गर्ने फैसला गरेको हो ।

रक्तचन्दन निकासीमा प्रयोग भएको ६-बि-३१ नम्बरको चिनिया जिप पनि जफत गरिएको अदालतले जनाएको छ ।

सजाय पाएका लिउटाङ गाडी चालक र टासी चिनिया गुप्तचर संस्थाका सीमा हेर्ने प्रहरी अधिकृत हुन् भन्ने बाह्य रुपमा पुष्टि भएपनि बयानका क्रममा दुबैले ‘सामान्य चिया व्यापारी हौँ’ भनी लेखाएको बताइएको छ ।

विसं २०७१ भदौ २१ गते टिमुरे क्षेत्रबाट उक्त नम्बरको मोटरमा ६४ केजी रक्तचन्दन राखी निकासी गर्न खोज्दा उनीहरुलाई मितेरी पुलमा नेपाली सुरक्षाकर्मीले पक्राउ गरेको हो ।