४ कार्तिक २०८३, बुधबार

प्रशिक्षणमा ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम’

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’ प्रतियोगी केही सातादेखि प्रशिक्षणमा छन् । प्रतियोगिताको अन्तिम प्रतिस्प्रधामा शीर्ष उपाधि जित्ने उदेश्यसहित उनीहरू प्रशिक्षणमा दिनरात मेहनत गरिरहेका छन् ।

ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको ‘मिस एसईई ग्ल्याम’तर्फ स्मृति अमात्य, स्वस्तिका खड्का, कृपा ढकाल, अन्जाना रावल, स्मृति पौडेल, रचना श्रेष्ठ, शर्मिला कार्की, रेनी गुरुङ, ऐश्वर्या तान्डुकार, वर्षा बोहोरा, दिलाशा मगर, मेंखु शेपा, श्रृष्टिकला राई, सुष्मिता रानाभाट, शुभेच्छा वाग्लेसहित १५ र ‘मिस्टर एसईई ग्ल्याम’मा प्रतीक केसी, साईमन तमाङ, शिल्भा भट्टराई, अनित राई, कमल श्रेष्ठ, सिमोन तामाङसहित ६ प्रतियोगी छन् ।

एसईई दिएर बसेका छात्राको प्रतिभा निखार्दै उनीहरूलाई उज्जवल भविष्य निर्माणका लागि बाटो देखाउने उदेश्यले ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले प्रतियोगिता आयोजना गरेको सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।

प्रशिक्षका क्रममा दुबै प्रतियोगिताका प्रतियोगीले एक्स्ट्रा काम र ट्रेनिङहरू, स्विमिङ, जूम्बा, बीर बिक्रम २ चलचित्रका कलाकार पल शाह, नाजरी हुसेन, वर्षा सिवकोटी तथा डिरेक्टर मिलन चाम्ससँग अन्तरक्रिया बिभिन्न कलेजको भ्रमण मोटिवेशनल, सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।

शीर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगिताको इभेन्ट म्यानेजर आकास गिरी रहेका छन् ।