
काठमाडौँ, १२ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले डडेल्धुरामा आफ्नो ९९ र १०० औँ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले डडेल्धुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडा र अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १००शाखा रहित बैंकिङ सेवा सुचारु भइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १०१ वटा शाखाहरु लगायत १०० शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा २०१ स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा छन् ।















प्रतिक्रिया