४ कार्तिक २०८३, बुधबार

अब कर्णाली प्रदेशबाट पनि शेयर कारोबार हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ११ जेठ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो ।

यहाँ शेयर खरीद बिक्री गर्न इम्पेरियल सेक्युरिटिज प्रालिको कार्यालय स्थापना गरिएको छ । कम्पनीले धितोपत्र बोर्डबाट प्राप्त आदेशको कार्यान्वयनका साथै लगानी व्यवस्थापन गर्ने, परामर्श सेवा दिने लगायतका काम गर्नेछ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले सातवटै प्रदेशमा शेयर ब्रोकरको कार्यालय स्थापना गरिएको बताउनुभयो ।

“कर्णालीका जनताको जीवनस्तर उकास्ने भरपर्दो माध्यम शेयर कारोबार पनि हो”, उहाँले भन्नुभयो, “यहाँका जलविद्युत् आयोजनामा शेयर लगानी गरेर पुँजीको विकास गर्न सकिन्छ, धितोपत्र बोर्डले यसका लागि संरचनागत आधार तय गरेको छ ।”

इम्पेरियल सेक्युरिटीजले यसअघि नेपालगञ्जबाट शेयर कारोबार गर्दै आएको थियो । –रासस