४ कार्तिक २०८३, बुधबार

यतिले ७२ सिट क्षमताको एटिआर–७२ जहाज थप गर्दै

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडाैँ, १० जेठ । निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्सले ७२ सिट क्षमताको एटिआर–७२ जहाज थप गर्ने भएको छ ।

पछिल्लो समय बढी सिट क्षमताका जहाज थप गर्न आक्रमक भएको एयरलाइन्सले जहाज थप गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान थपको अनुमति लिइसकेको छ।

एयरलाइन्ससँग हाल एटिआर ७२–५०० जहाज चार वटा रहेका छन् । ६ वटा जेटस्ट्रिम जहाज पनि भएको एयरलाइन्सले नयाँ जहाज थप्दा जेटस्ट्रिम विस्थापित गर्दै जाने नीति लिएको छ ।

अर्को जहाज ल्याएसँगै ७२ सिट क्षमताका जहाज एयरलाइन्ससँग पाँच पुग्ने छन् ।

काठमाडौंबाट तराई क्षेत्रका लामो धावनमार्ग भएका ठाउँमा उडान गर्न मिल्ने यो सिरिजका जहाजले पोखरा पनि उडान गरिरहेका छन् ।

पछिल्लो समय हवाई यात्रुको संख्या बढेको र सरकारले भ्रमण वर्ष मनाइरहँदा त्यसका लागि चाहिने हवाई पूर्वाधार तयार पार्न पनि जहाज थपिएको एयरलाइन्सले जानकारी दिएको छ ।