
काठमाडौँ, १० जेठ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्ने क्रममा प्रभु बैंकले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले बैंकको चन्द्रौटा शाखा कार्यालयको उद्घाटन गरे । मेयर अधिकारीले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै चन्द्रौटा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैकिङ सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।
आजदेखि सञ्चालनमा आएको बैंकको चन्द्रौटा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र त्यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको चिफ बिजिनेश अफिसर मनिराम पोखरेलले बताए ।















प्रतिक्रिया