
काठमाडौँ, १० जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा समिरशेखर बज्राचार्य नियुक्त भएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका बज्राचार्यले मुक्तिनाथ बैंकमा नियुक्त हुनुअघि गण्डकी विकास बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्ष काम गरेको अनुभव छ ।
मुक्तिनाथ विकास बैंकले देशैभरी ११४ वटा शाखा, २२ वटा एटीएम र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
हालै, मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।















प्रतिक्रिया