
काठमाडौँ, १० जेठ । ‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले झापाको अर्जुनधारामा शाखा संचालनमा ल्याएको छ । शाखाको अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले उद्घाटन गरे ।
कार्यक्रममा मेयर राना मगर, उपमेयर कमला आचार्य, सिभिल बैंकका प्रमुख माईक्रो बैंकिङ युवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं. १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर राना मगरले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए ।बैंकको शाखाबिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धि आउने पनि बताए ।
अर्जुनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि उनले खुशी व्यक्त गरे ।
सिभिल बैंकका प्रमुख माईक्रो बैंकिङ गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने बताए ।
यस्तै, बैंकका क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए ।
सिभिल बैंकको अर्जुनधारा शाखासहित देशभर कुल शाखा संख्या ७४ पुगेको छ ।















प्रतिक्रिया