
काठमाडाैँ, १० जेठ । दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गुराँस गाउँपालिका वडा नम्बर १ रिगलपानीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन । शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल नजिकै रहेको प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ ।
थप विवरण आउन बाँकी छ ।















प्रतिक्रिया