लण्डन, १० जेठ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल शुरू हुँदै छन् । ३० तारिखदेखि शुरू हुने प्रतियोगिताअघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् ।
नेपाली समय अनुसार शुक्रबार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तानबीच खेल हुनेछ ।
पाकिस्तानले हालै इंग्ल्याण्डसँग सिरिज गुमाएको पीडा बिर्सिएर विश्वकप शुरू गर्ने तयारीमा छ । अफगानिस्तानले पनि पाकिस्तानलाई कडा टक्कर दिने अपेक्षा गरिएको छ ।
शुक्रबार नै कार्डिफमा दक्षिण अफ्रिका र श्रीलंका खेल्दैछन् । विश्वकपकोे उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका ३० तारिखमा खेल्नेछन् ।
आईसीसीले यस पटकदेखि विश्वकपका अभ्यास खेलको पनि प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । विश्वकपमा सहभागी १० टिमले लिग चरणमा सबैले सबैसँग प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको खेल सकिएपछि शीर्ष चार टिमका बीचमा सेमिफाइनल र फाइनल खेल हुनेछ । सेमिफाइनलमा पहिलो र तेस्रो स्थानको टिम तथा दोस्रो र चौथो स्थानको टिमले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।















प्रतिक्रिया