काठमाडौँ, ३ फागुन । एमाओवादीको समानुपातिक सभासद्को सिफारिसमा परेका विवादास्पद छविका ल्हारक्याल लामाले आइतबार सपथ लिएका छन्।
सिंहदरबारमा आइतबार दिउँसो संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले लामालाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । यद्यपि सपथ ग्रहणमा कार्यक्रममा एमाओवादी शीर्ष तहका नेताहरु देखिएनन् । एमाओवादीका सभासद् शम्भुहजारी पासवानको सभासद पद खारेज भएपछि एमाओवादीले लामालाई सिफारिस गरेको थियो । तर, लामाको मनोनयन लिएर एमाओवादीका नेता तथा कार्यकर्ता पंक्तिमा असन्तुष्टि देखिएको छ । एमाओवादीले लामालाई विज्ञका रुपमा संविधानसभामा ल्याएको प्रष्टीकरण दिएको छ ।
दोहोरो नागरिकता, राहदानी, मानव तस्करी लगायतमा मुछिए पनि लामाले त्यसको प्रतिवाद गर्दै आएका छन् ।
















प्रतिक्रिया