४ कार्तिक २०८३, बुधबार

सन्दीप लामिछाने सीपीएलमा महँगो मूल्यमा अनुबन्धित

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ जेठ । विश्वका ठूला व्यवसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा महँगो मूल्यमा अनुबन्धित भएका छन् ।

इङ्ग्ल्यान्डमा बुधवार राति भएको बोलकबोल प्रक्रियामा सन्दीपलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । त्यो रकम झन्डै ७८ लाख नेपाली रुपैयाँ बराबर हो ।

उनले गत वर्ष पनि क्यारेबियन लीग खेलेका थिए । १९ वर्षीय सन्दिपले अहिलेसम्म भारत, क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलिसकेका छन् ।

लामिछानेले यस्ता लीगमा पाएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो ।

आफ्नो नयाँ टोलीको प्रवेशसँगै सन्दीपले ट्विटरमा लेखेका छन्, “म उत्साहित छु । एउटा नयाँ परिवारको सदस्य हुन म निकै व्यग्रताका साथ प्रतीक्षामा छु ।”

गत सिजनमा उनले खेलेका यस्ता फ्रेन्जाइजी लीगमध्ये लामिछानेले सबैभन्दा बढी अस्ट्रेलियाको चर्चित लीग बिग ब्याशमा ५० हजार अमेरिकी डलर पाएको बताइएको छ । –बीबीसी