काठमाडौं । निर्देशक अशोक शर्माले नयाँ फिल्म ‘रातो टिका निधारमा’ घोषणा गरिएको छ । गतवर्ष सफल फिल्म ‘जय भोले’ बनाएको ए.ए. ग्रुप अफ कम्पनीजबाटै ‘रातो टीका निधारमा’ बन्न लागेको हो । फिल्मको मुख्य भूमिकामा निर्माता निर्देशक शर्माका छोरा अंकितले डेब्यु गर्दैछन् ।
मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्षमा ब्याचलर सकाएका अंकितले ‘जय भोले’मा बुबा अशोकलाई सघाएका थिए ।
फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बन्नेछिन् । नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ र खुश्बु खड्काको पनि मुख्य भूमिका रहने फिल्ममा बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।
फिल्म घोषणा कार्यक्रममा कलाकार तथा प्राविधिकलाई अभिनेत्री लक्ष्मी गिरीले रातो टीका निधारमा लगाइदिएकी थिइन् । फिल्मको छायाँकन १० जेठबाट शुरू हुनेछ ।
छायाँकनको सुरुवातमा फिल्मको शीर्ष गीत भव्य सेटमा खिचिने निर्देशक किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहनेछ ।















प्रतिक्रिया