७ कार्तिक २०८३, शनिबार

उपप्रधानमन्त्री यादवको सचिवालयमा बोहराका गुप्तचर

22.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको सचिवालयमा पूर्वमण्डले भनेर चिनिएका दीपक बोहराले आफ्ना खास मान्छेलाई राखेर मन्त्रीका सबै सूचनाहरु लिने गरेको खुलासा भएको छ ।

पूर्वमन्त्री समेत रहेका बोहराले आफू निकटका उपसचिव भवनाथ खतिवडालाई प्रयोग गरी यादवविरुद्ध गुप्तचरी गर्दै आएको मन्त्रालयमा चर्चा हुने गरेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मन्त्रालयमा बसेर हालिमुहाली गर्दै आएका खतिवडाले उपप्रधानमन्त्री यादवको नाममा बबण्डर मच्चाउँदै आएका छन् । मन्त्री यादवका निजी सचिव खतिवडाले यादवविरुद्धका हरेक सूचनाको जानकारी राप्रपाका अध्यक्ष कमल थापालाई पनि जानकारी गराउँदै आएको स्रोत बताउँछ ।

यादवले विश्वास गरेर निजी सचिव राखेका झापा घर भएका खतिवडामाथि मन्त्रालयभित्रको सबै सूचनाहरू बोहरादेखि थापासम्म पु-याउने गरेको आरोप छ ।

निजी सचिव खतिवडाले आफ्नी पत्नी कमला पोखरेललाई मन्त्री यादवको सचिवालयमा सञ्चार विज्ञका रुपमा जागिर लगाएका छन । पोखरेलले स्वास्थ्य विभागको सूचना केन्द्रबाट तलव भत्ता लिने गरेकी छिन ।

खतिवडाले वैद्यखाना औषधालयमा आफ्नी बहिनीलाई पनि जागिर दिलाएका छन् । पूर्वमन्त्री बोहराले खतिवडालाई प्रयोग गरेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिलाई हटाउन खाजेका थिए ।

निजी सचिव खतिवडाले मन्त्री यादवको नामको दुरुपयोग गरेर उपकुलपतिलाई हटाएपनि सर्वोच्च अदालतले थमौती गरिदिएको थियो ।

खतिवडालाई प्रयोग गरेर बोहराले संघीय फोरममा प्रवेश गर्दै छु भनेर हल्ला फिजाएका थिए । मन्त्री यादवसँग पनि कुराकानी भएको थियो । तर, आफ्नो व्यक्तिगत स्वार्थका लागि खतिवडा र मन्त्री यादवलाई बोहराले अहिले पनि प्रयोग गर्दै आएको उच्च स्रोतले जनाएको छ ।

खतिवडाको चर्तिकला थाहा पाएपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सचिवालयबाट हटाइदिएका थिए ।

यता, उपप्रधानमन्त्री यादवका पुत्र अमरेन्द्र यादव ‘दीपेश’ले मन्त्रालयमा धुन्धुकारी गतिविधि गर्दै आएका छन् । दीपेश हाल जेनेभामा घुमिरहेका छन् । मन्त्री बाबुको पावर लगाएर खतिवडामार्फत दीपेशले गतिविधि गर्दै आएका छन् ।