
काठमाडौँ, ८ जेठ । ‘समृद्धिको लागिसिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिङको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले ‘लिडरशिप एकेडेमी नेपाल’सँग सहकार्यका लागि सम्झौता गरेको छ ।
‘राइस युनिभर्सिटी बिजिनेस स्कूलएक्जुकेटिभ एडुकेशन’ अमेरिकासँग अनुबन्धित ‘लिडरशिप एकेडेमी नेपाल’मानव संशाधानको वृत्ति विकासमा एक चिरपरिचित नाम हो ।
सिभिल बैंकले आफ्ना कर्मचारीको वृत्ति विकासको लागि संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको जनाएको छ ।
सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ‘लिडरशिप एकेडेमी नेपाल’को तर्पmबाट सिटिओ अरुण जोशीले बुधबार हस्ताक्षर गरे ।
यसैबीच, सिभिल बैंकले ‘सम्मान बचत खाता’ खोलेका ग्राहकहरुको औषोधपचार खर्चबापतको बीमादाबी रकमको भुक्तानी गरेको छ ।
औषोधपचार खर्चको बीमा दाबी रकम बैंकद्वारा काठमाडौँका रिकेश शाक्य, बिराटनगरका रायचन्द बोथारा र मनोज पोखरेल तथा पोखरा लेखनाथका पार्वती बास्तोलालाई प्रदान गरेको हो ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ सेवा तथा सुबिधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना बनाएको छ ।
हालसम्म बैंकको ७३ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको बैंकले जनाएको छ ।















प्रतिक्रिया