४ कार्तिक २०८३, बुधबार

कामना सेवा विकास बैंक र यूनिभर्सल इन्स्टिच्यूटबीच सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ८ जेठ । यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि र कामना सेवा विकास बैंकबीच विशेष छुट पाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब यस बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्च प्रालिमा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट भैरहवा शाखाका शाखा प्रबन्धक तुल्सी प्रसाद आचार्य र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्च प्रालिको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत अजय कुमार पीएसले हस्ताक्षर गरे ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले  जुनसुकै शाखाबाट रकम झिक्ने र राख्ने सुविधा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ  ।

समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।