
काठमाडाैँ, ७ जेठ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले तीन जना खेलाडीलाई बैकल्पिक सूचीमा राखेका छन् । सोमबार २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका कालिनले तीन खेलाडीलाई बैकल्पिक खेलाडीको रुपमा टिममा बोलाएका छन् ।
उनले डिफेन्डर दिनेश राजवंशी, स्ट्राईकर सुमन लामा र गोलकिपर बिशाल श्रेष्ठलाई बैकल्पिक खेलाडीको रुपमा टिममा समावेश गरेका छन् । सोमबार सार्वजनीक गरेको टिममा तीनै जना खेलाडी अटाएका थिएनन् ।
मुख्य प्रशिक्षक कालिनले टिमका केही स्टार खेलाडीलाई बाहिर राख्दै राष्ट्रिय टिमको छनोट गरेका थिए । जसमा चोटका कारण भरत खवास र फिटनेसका कारण विमल घर्तिमगर टिम बाहिर परेका थिए ।
पहिलो पटक युवा फरवार्ड अभिषेक रिजालले टिममा स्थान बनाएका थिए । नेपालले जुनको पहिलो साता दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण म्याच खेल्दैछ । नेपालले चाईनिज ताईपेई र मलेसियासँग मैत्रिपूर्ण म्याच खेल्न लागेको हो ।
सन् २०२२ को विश्वकप छनोट खेल्न लागेको नेपालले मैत्रिपूर्ण खेललाई तयारीको रुपमा हेरेको छ ।
यस्तो छ टिम :
गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने
डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, रबि सिलवाल
मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ,
फरवार्ड : अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना, नवयुग श्रेष्ठ















प्रतिक्रिया