३० आश्विन २०८३, शुक्रबार

काठमाडौँमा एमाओवादी परित्याग गरी एमालेमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-Pokhrel

काठमाडौँ, ३ फागुन । काठमाडौँमा एमाओवादीका जिल्लास्तरीय नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एनेकपा माओवादीका जिल्ला कमिटी सदस्य श्यामलाल महर्जन तथा खड्का भद्रकाली गाउँ कमिटीका नारायण नगरकोटी र श्यामनगरकोटी लगायत नेकपा एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो ।

Ishwar-Pokhrel1

यसैगरी, एमालेले काठमाडौ क्षेत्र नं. ५ मा तीन महिने पार्टी बिस्तार तथा परिचालन अभियान सुभारम्भ गरेको छ । २०७२ बैशाखसम्म सञ्चालन हुने अभियानको आरम्भ बृहत अगुवा कार्यकर्ताहरुका माझ नेकपा एमालेका महासचिव पोखरेलले गर्नुभएको थियो । उहाँले राज्यको संरचनाअनुसार पार्टी संगठनका स्वरुप हुनुपर्ने र सोहीबमोजिम जनताको काम गर्न सहजहुने बताउनुभयो ।

Narayan-Silwal-Ishwar-Pokhrel

मुलुकले नयाँ संविधानको तीव्र प्रतिक्षा गरिरहेको हुँदा सँधैभरि यो वा त्यो बहानामा मुलुकलाई बन्दी बनाउन नहुने महासचिव पोखरेलले बताउनुभयो ।

उहाँले आफूले कबोल गरेको आफ्नै घोषणा मुताबिक नयाँ संविधान जारी गर्ने प्रक्रियामा सामेल हुन एमाओवादीलाई आव्हान पनि गर्नुभयो ।

नवगठित वडा संगठन कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सामूहिक शपथग्रहण गराइएको कार्यक्रममा एमाले नेतृ एवं सभासद् मिरा ध्वजु लगायतको उपस्थिति थियो ।