
काठमाडौँ, ६ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा हरित गार्डेन निर्माण गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौरमा वातारणमैत्री हरित गार्डेन बनाएको बैंकले जनाएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासँग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौरमा हरित गार्डेन बनाएको हो ।
बैंकले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको जनाएको छ ।















प्रतिक्रिया