
काठमाडौँ, ५ जेठ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले आगामी आर्थिक वर्षको बजेट घोषणा हुनु अगावै ग्राहकहरुलाई मूल्य वृद्धिको भार नपरोस् भनी सुविधा प्रदान गर्न प्रिबजेट अफर प्रस्तुत गरेको छ ।
नेपाल अधिराज्यभर लागू गरिएको पिबजेट अफर योजनामा ग्राहकहरुले विभिन्न ८ आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस प्रि बजेट अफर योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य ८ सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
ती आठ सुविधाहरुमा निःशुल्क एक्सोसरिज, तत्काल फाइनान्सको सुविधा, तत्काल पुरानो गाडीको मूल्यांकन तथा एक्स्चेन्ज, हरेक टेस्ट ड्राइभमा निःशुल्क उपहार, नगद छुट, एक वर्षसम्मको निःशुल्क सवारी कर, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुबिधा रहेका छन् ।
रेडिगो, नयाँगो, गो र गो प्लस गाडीहरुमा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि यी गाडीका विशेषताहरु रहेका छन् ।















प्रतिक्रिया