
काठमाडौं । बलिउड टाइगर सलमान खान र अभिनेत्री कट्रिना कैफको बिहे हुनसक्ने अनुमान गरिएको छ । सलमानले कट्रिनाप्रति देखाएको लगाव र उनले पनि सलमानलाई गडफादर मान्दै, प्रशंशा गरिरहेका कारण यो लख काट्न सम्भव छ ।
केही दिनअघि मात्र सलमानले कट्रिनाका लागि ५ करोडको गाडी उपहार दिएको विवरण सार्वजनिक भएको थियो । त्यसो त बलिउडमा कट्रिनालाई यो उचाईको सफलता दिलाउन सलमानको ठूलो हात रहेको छ । अन्यलाई पनि मौका दिने सलमानले कट्रिनाप्रति निक्कै नै आशक्ति देखाउनुका अनेक प्रमाणहरू सार्वजनिक कार्यक्रममा पनि देखिएका छ ।
भारत फिल्मको गीत रिलिजका क्रममा सलमानले कट्रिनाको सारी मिलाइदिएका थिए । एउटा कार्यक्रममा अभिनेता आमिर खानले भनेका थिए,‘सलामानलाई बिहे गर्न सुझाव दिन्छु, कट्रिना यहिँ छन् ।’ सो बेला पनि कट्रिनाले उक्त विषयको खण्डन गरेकी थिइनन् ।
कट्रिना–सलमान सम्बन्ध बीचमा कमजोर बनिसकेको थियो, जब रणवीर कपुर आए । तर, रणवीरलाई पनि साइड लगाएर अहिले सलमान कट्रिनासँग रोमान्समा छन् । बलिउडमा सलमानका जीवनमा निक्कै युवती आए, गए तर उनले कट्रिना जत्ति महत्व कसैलाई पनि दिएनन् । बरु, विग्रन लागेको करिअर फर्काउन झन् उचाईमा पुराउने भूमिका खेले ।
कट्रिना र रणवीर कपुरको प्रेमबारे सलमान जानकार थिए । त्यो जोडीको स्पेनबाट लिक भएको सेक्सी अवतारको घुमघामबारे सलमान जानकार भएकै कारण रणवीरले बलिउडमा कसिलो गरी फर्किने मौका पाएका छैनन् । तर, सलमानसँग कट्रिनाले त्यसपछि दुईवटा फिल्ममा अभिनय गरि सकिन्– टाइगर जिन्दा है र भारतमा । अझ, सलमानले कट्रिनालाई भारतका लागि ठूलो अपेक्षा सार्वजनिक गरिसकेका छन् । उनले भनेका छन्,‘यो फिल्मबाट राष्ट्रिय अवार्ड जित्न सक्छिन् ।’















प्रतिक्रिया