४ कार्तिक २०८३, बुधबार

एकताका बाँकी काम टुङ्ग्याउन नेकपाको सचिवालय बैठक बस्दै

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ५ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन सचिवालयको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा सुरु हुने बैठमा पार्टी पोलिटब्यूरोको गठन, केन्द्रीय नेताहरुको कार्यविभाजन, विभाग गठन लगायतका विषयमा छलफल हुनेछ ।

पार्टी एकता सम्पन्न भएको ठीक एक बर्षपछि नेकपाले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपनि अझै विभाग, मोर्चा र आयोगहरुको एकता सम्पन्न हुन बाँकी छ ।

यसैगरी, पोलिटब्यूरोको गठनपनि नेकपाले गर्न सकेको छैन। पूर्व माओवादीतर्फ समस्या उत्पन्न भएकाले पोलिटब्यूरो गठनमा ढिलाई भएको हो।

यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति जुटाएको थियो । आज बस्ने बैठकले पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल भई निर्णय गर्ने एजेन्डा रहेको जनाइएको छ।

नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ। जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने छन् ।