२ कार्तिक २०८३, सोमबार

अटो मेकानिक्स ट्रेड युनियन गुल्मीमा कँडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री
गुल्मी ३ फागुन । नेपाल अटो मेकानिक्स ट्रेड युनियन गुल्मीको प्रथम जिल्ला अधिवेशनले इश्वरी प्रसाद कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितीको चयन गरेको छ ।

जसको उपाध्यक्षमा सम्भु किरण ठकुरी सचिव लक्ष्मण बजाडे, सह सचिव मोती प्रसाद श्रेष्ठ, र कोषाध्यक्षमा भेषराज पन्थी चयन हुनुभएको छ । जिल्लाको हर्दिेनेटा गाविसको चोयगा मन्दिरमा शनिवार सम्पन्न पहिलो अधिवेशनले चक्र राणा, बिक्रम सुनार, कमल विसी, लक्ष्मण श्रेष्ठ, केशव भट्टराई र झवि श्रेष्ठलाई सदस्यमा निर्वाचित गरेको छ ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष जिवन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा नेपाल अटो मेकानिक्स ट्रेड युनियन रुपन्देहीका सचिव लक्ष्मण भण्डारी, प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष शिवलाल सुवेदीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गुल्मी यातायात समितिका उपाध्यक्ष रमेश श्रीस, रेसुङ्गा यातायात समितिका हरी मरासिनी लगायतको उपस्थिती रहेको थियो । साथै अधिवेशनले केशव मरासिनीको सयोजकत्वमा सल्लाहकार कमिटीको पनि गठन गरेको छ ।

जसको सदस्यहरुमा बाबुराम कँडेल, कमल श्रेष्ठ, नारायाण जीसी, माधव केसी र बाबुलाल पन्थी रहनु भएको छ । जिल्ला शाखाको प्रेस सल्लाहाकारमा पत्रकार शिवलाल सुवेदीलाई चयन गरिएको छ ।