धरान, ३ फागुन । धरानमा कलरवले प्रेम सम्बन्धका कविता संग्रह ‘आफ्नै छाया पछ्याएर’ विमोचन गरेको छ । राष्ट्रकवि माधब घिमिरेदेखि पछिल्लो नयाँ पुस्ताले सम्म लेखेका कविता संग्रह प्रेम दिवसको दिन एकैपटक चार स्थानमा विमोचित गरिएको हो ।
काठमाडौं, हेटौडा, इटहरी र धरानमा गरी एकैपटक कलरव धरानले प्रेम सम्बन्धी प्रसिद्धकविता ‘आफ्नै छाया पछ्याएर’ सार्वजनिक गरेको छ । पहिलो पटक कलरव प्रकाशन गृहले प्रेमकविताहरु प्रकाशन गर्दै प्रकाशनको सुरुवात गरेको उद्घोषसमेत गरेको छ ।
धरानको विमल स्मृति पुस्तकालय धरानमा एक कार्यक्रमकाबीच लोकापर्ण गरियो । भाषाविद् प्रा.डा. टंकप्रसाद न्यौपानेले कविताको लोकापर्ण गरेका थिए ।
उनले प्रेमबाट सुरु गरिएको प्रकाशनको यात्रा प्रेमिल रहने बताए । उनले यो यात्रा निरन्तर चल्ने बताउँदै अनुवाद कविता र उपेन्द्र पागलको प्रेम कविता वाचन समेत गरेका सथए । कलरव धरानले कला, साहित्य र संगीतलाई जोड्ने गरेको सन्दर्भ केलाउँदै यस्ले प्रकाशन गृहसमेत चलाउन सुरु गरेकामा धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा प्रा.डा. भीम खतिवडा, श्रेष्ठ परिक्रमा, प्रकाश दिप्साली मगर, सन्तोष थेवे, डा. कुम्भ जोसीले गुलजारको अनुदित कविता, चेवन राईले पाब्लो नेरुदाको अनुदित कवितालगायतले प्रेमकविताहरु वाचन गरेका थिए । कलरवका सदस्य साहित्कार राजेश विद्रोहीले संग्रहमा संग्रहित आफ्नै कविता वाचनसँगै प्रकाशनको गर्नुको उद्देश्य बारे बताएका थिए ।
संग्रहमा ७५ वटा कविताहरु संग्रहित छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे, पूर्व कुलपति बैरागी काइला, तुलसी दिवस, श्रवण मुकारुमका प्रेमकवितादेखि विश्वका चर्चित पाब्लो नेरुदा, गुलजार, साहिर लुधियानबीलगायत अरबी साहित्यकारका कविताहरु संग्रहित रहेका छन् ।
यता इटहरीमा श्रष्टा श्रवण मुकारुङले वसन्त कविता महोत्सवको अवसरमा ‘आफ्नै छाया पछ्याएर’ विमोचन गरेका थिए । इटहरीको पर्यकिय क्षेत्र खोर्सानेखापमा कविताले प्रेममय बनेको थियो ।
चौरीमा पलेटी कसेर बसेर धितमरुञ्जेल श्रोताले कविता सुने । कार्यक्रममा सहभागी इटहरी उपमहानगर पालिकाका कार्यकारी अधिकृत पशुपति खवितडाले कविता भनेनन् तर कविताको स्वाद राम्ररी लिए ।
अग्रज श्रष्टा उपेन्द्र पागल, विवश पोख्रेल, जीवी लुगुन, देखि प्राज्ञ राम धामी, बद्रीविशाल पोख्रल, मिश्र वैजयन्ती, ज्योति जंगल, मंगलराज शेर्मा, एकु घिमिरे, सीमा आभास, राधिका गुरागाई, तारा पराजुली, गणेश खड्का, मिना श्रेष्ठ जस्ता कविहरुले प्रेम कविता सुनाएका थिए ।
















प्रतिक्रिया