४ कार्तिक २०८३, बुधबार

सुन्दरी प्रतियोगिता गराउँदा ताज बेचेको आरोपमा परिन् पूजना प्रधान

9.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चामा आउनका लागि कहिले प्रधान त कहिले स्त्री थर लेख्ने अभिनेत्री पूजना प्रधानलाई सुन्दरी प्रतियोगीताको ताज बेचेको आरोप लागेको छ ।

हाल फिल्म क्षेत्रमा त्यति सक्रिय नभएकी तर सुन्दरी प्रतियोगिता गराउने अभिनेत्री पूजना प्रधान पैसाको चलखेलमा फसेकी छन् ।

२९ वैशाखमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भएको ‘द सुपर मम’ प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरेको भन्दै प्रतियोगीले नै प्रधानमाथि आर्थिक चलखेलमा संलग्न भएको आरोप लगाए ।

उनीहरूले पाएको ताज तथा मेडल फिर्ता गरेको घोषणा गर्दै प्रतियोगीले प्रधानद्वारा पैसाको चलखेलमा निर्णय उल्टाइएको बताए ।

यस्तो बताउने १० प्रतियोगी पत्रकार सम्मेलनसम्ममा उत्रिए ।

१६ जना प्रतिष्पर्धीहरू सहभागी थिए । निर्णायकको नतिजलाई अमान्य गर्दै प्रधानले पैसा दिएको आधारमा विजयी घोषणा गरेको उनीहरूको आरोप छ ।

आयोजक प्रधान र उनकी आमाले प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढंगले पहिलो र तेस्रो बनाउने काम गरेको उनीहरूको दाबी थियो ।

एक र प्रतियोगितामा सेकेण्ड रनरअपको ताज पाएकी र हाल ताज फिर्ताको घोषणा गरेकी अमृता शर्माले प्रतियोगिता नै धाँधलीपूर्ण र पक्षपाती भएको बताइन् ।

प्रधानले आफूहरूजस्ता आमालाई सौन्दर्य प्रदर्शन गराई गलत फाईदा उठाई कमाउ धन्दा गरेको उनीहरूको आरोप छ । असक्षम प्रतियोगीलाई ताज जिताउन दुवैबीच आर्थिक सम्झौता भएको पनि आफूहरूले पेश गरेको कागजजातले पुष्टि गरेको प्रतियोगितामा सहभागी प्रतिष्पर्धी निलम श्रेष्ठले दाबी गरिन् ।

थाईल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यको ताज नेपालमै फिर्ता गरिनुपर्ने माग उनको छ । प्रतियोगीमध्येकी एमी कर्माचार्यलाई प्रथम बनाउन र बाला राईलाई तेस्रो बनाउनको लागि सोधिने प्रश्नपत्र आउट गरिएको उनीहरूको आरोप थियो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सहभागी अर्की प्रतिष्पर्धी सुष्मा कार्कीले निर्णायकहरूको नम्बरको आधारमा आफू तेस्रो हुनुपर्नेमा उपाधिविहीन बनाईएको आरोप लगाईन् ।

प्रति व्यक्ति १ लाख ५० हजारका दरले आफूहरूको खर्च भएको भन्दै आयोजक पुजनाले उक्त रकम फिर्ता गर्नुपर्ने उनीहरूको माग छ । पत्रकार सम्मेलनमा प्रशिक्षक करुणा रिजाल, प्रतियोगीहरू निलम श्रेष्ठ, सुष्मा कार्की, गीता दाहाल, लक्ष्मी श्रेष्ठ, शुभेच्छा रिमाल, विमला तिमल्सिना (नेवार), अमृता शर्मा, ईशारा थपलिया र कमला थपलिया सहभागी थिए ।