७ कार्तिक २०८३, शनिबार

पूर्वराज परिवारले काठमाडौं छाडदै, सूचीमा पासरको नाम भेटिएन

146.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार थाइल्याण्ड भ्रमणमा जाने भएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

उनी पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही दिनको लागि थाइल्याण्ड जान लागेका हुन् । पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड गएका हुन् ।

निर्मल निवास स्रोतका अनुसार उनी करीब एक महिना बसाइँको लागि थाइल्याण्ड जान लागेका हुन । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् ।

गएको फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बसेका ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जान लागेका हुन् ।