४ कार्तिक २०८३, बुधबार

राष्ट्र बैंकले छ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले छ अर्ब रुपियाँ बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ ।

बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने बैंकले जनाएको छ ।

घटीमा ५० रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ ।