४ कार्तिक २०८३, बुधबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, शुक्रबार मध्य रातिदेखि लागू

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार शुक्रबार मध्य राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रतिलिटर २ रुपियाँ तथा डिजेल र मट्टीतेलमा १–१ रुपियाँ मूल्य घटाइएको छ ।

काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १०९ रुपियाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९७ रुपियाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले बताए ।