४ कार्तिक २०८३, बुधबार

पोखरामा कार मेला हुँदै, के छन् त आकर्षणहरु ?

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३ जेठ । पोखरामा टाटा कार मेला आयोजना हुने भएको छ । सिप्रदी ट्रेडिङको आधिकारीक बिक्रेता दिप मोटर्सको सहकार्यमा देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यही शनिबार र आइतबार (यही ४ र ५ गते) पर्यटकीय तथा रमणीय शहर पोखरामा आयोजना गर्ने भएको हो ।

बिहान ११ बेज देखि साँझ ७ बजे सम्म सञ्चालन हुने कार मेला सिप्रदी ट्रेडिङको कार्यालय बुद्ध चोक पोखरामा आयोजना हुने आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् ।

मेलामा ग्राहकहरुले ‘अन दि स्पट फाइनान्सिङ’का साथै पुरानो गाडीको उत्कृष्ट मूल्यांकन र एक्स्चेन्ज लोयल्टी बोनस जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ । पोखरामा हुने मेला दोस्रो संस्करण हो र यो मेला २ दिन सम्म चल्नेछ ।

मेलाका प्रमुख आकर्षणहरु :

१. निशुल्क प्रबेश ।
२.अन दि स्पोर्ट् फाइनान्सीङ्ग ।
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र भ्हअजबलनभ ीयथबतिथ द्ययलगक।
४. टेस्ट ड्राइभको व्यवस्था ।
५. फोटो सुटका साथै स्वादिष्ट परिकारका स्टल ।