
काठमाडाैँ, २ जेठ । बिहीबार सुनको भाउ एक सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६० हजार ७०० मा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा भने बिहीबार कुनै घटबढ भएको छैन । बुधबार ७२५ मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया