
काठमाडाैँ, १ जेठ । बुधबार छापावाल सुनको भाउमा ४ सय रुपैयाँले गिरावट आएको छ ।
मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।
यस्तै, तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।
चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।















प्रतिक्रिया