नयाँदिल्ली, ३१ वैशाख । इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपियाँ पाउने भएका छन् ।
दिल्लीले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपियाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने हुन्छ ।
दिल्लीले टिममा रहेका २५ खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपियाँ पाउँछन् । त्यसलाई नेपालीमा ढाल्दा साढे २० लाख रुपियाँ हुन आउँछ ।
सन्दीपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि जितेका थिए । पञ्जावविरुद्ध तीन विकेट लिएका कारण उनले सो उपाधि जितेका थिए ।
उपाधिसँगै उनले एक लाख भारतीय रुपियाँ हात पारेका थिए । यो सिजन आइपीएल खेलेवाफत सन्दीपले २० लाख पाउने यसअघि नै पक्का भइसकेको थियो ।
उनले दिल्लीबाट यो सिजनमा झण्डै ५५ लाख रुपियाँ पाउने भएका हुन् । लगातार दोस्रो सिजन आइपीएल खेलेका सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए ।
सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दीपले त्यसपछि लगातार चार खेल खेलको थिए ।















प्रतिक्रिया