काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्षमा उठे भारी भारी मतले पराजित हुने दावी गर्नुभएको छ ।
हिमालय टेलिभिजनको द आरडी सोका लागि अन्तरवार्ता दिँदै उपाध्यक्ष गौतमले ओलीको विपक्षमा नउठ्न सल्लाह दिनुभयो । उहाँले भन्नुभयो –ओली भारी मतले विजयी हुनुहुन्छ । सहमतिमा भए पनि चुनावबाट भए पनि केपी ओली नै भावी पार्टी अध्यक्ष हो । झलनाथ खनालले सर्वसम्मति भए मात्रै अध्यक्ष बन्छु भन्नु भएको छ । उहाँको नाममा पनि सहमति हुन सक्दैन ।
उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले आफूलाई सुशील कोइरालापछिको प्रधानमन्त्रीको रुपमा घोषणा समेत गर्नुभयो । एमालेभित्र केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्रीको दावेदार भए पनि आफू नै भावी प्रधानमन्त्री भएको गौतमको दाबी छ ।
पार्टीको नवौ महाधिवेशनबाट संसदीय दलका नेता केपी शर्मा ओली अध्यक्ष बन्ने दाबी गर्दै उहाँले आफू र ओलीवीच कुनै प्रकारको विमति नभएको स्पष्ट पार्नुभयो ।
मुलुकबाट गुण्डातन्त्रको अन्त्य गरेर छाड्ने उद्घोष गर्दै उहाँले कसैलाई पनि यो वा त्यो समर्थनमा छुट नदिने बताउनुभयो । गौतमले एक साताभित्रै नेपाल प्रहरीमा डिआईजीहरुलाई एआईजीमा बढुवा गर्ने जानकारी दिदै नियमावलीमा संसोधन आफ्नो लागि नभई प्रहरी संगठनको हितको लागि गर्न लागेको बताउनुभयो ।














प्रतिक्रिया