४ कार्तिक २०८३, बुधबार

प्रभु बैंकको नयाँ शाखा काठमाडौँको ढुंगेधारामा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० बैशाख । प्रभु बैंक लिमिटेडले काठमाडौँको ढुंगेधामा शाखा विस्तार गरेको छ ।

सोमबार काठमाडौँ–१५, ढुंगेधारास्थित बैंकको शाखा कार्यालयलाई) नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरे ।
प्रभु बैंकका सञ्चालक समिति अध्यक्ष देविप्रकाश भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आप्mनो गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेकोमा अब ढुंगेधाराबासीहरुले आप्mनै घर आगन नजिकबाट विनाझन्झट प्रभु बैंकको सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त भएको बताए ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको ढुंगेधारा शाखाकाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र ढुंगेधारा क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।