४ कार्तिक २०८३, बुधबार

सामसङको ग्यालेक्सी ए टू कोर नेपाली बजारमा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० बैशाख । सामसङले आफ्नो लोकप्रिय Galaxy A लाइनअन्तर्गत नेपाली बजारमा Galaxy A2 core प्रस्तुत गरेको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसङले सुलभ दरमा Galaxy A2 core प्रस्तुत गरेको हो ।

‘हामी हाम्रा सबै डिभाइसहरुमा एकदमै नविनत्तम र उत्कृष्ट प्रविधी ग्यारेन्टी गर्न पूर्ण रुपमा प्रतिवद्ध छौँ, जसले गर्दा हाम्रा सबै खालका फोनले हाम्रा ग्राहकको आवश्यकता पूर्ण गरोस् ’ सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने, ‘ ग्यालेक्सी A2 Core ले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने छ, जसमा एकदमै परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको छ ।’

540×960 पिक्सल तथा 16:9 को एस्पेक्ट रेसियोका साथ ५.०० इन्चको टचस्क्रिन डिस्प्ले यसमा रहेको छ । Galaxy A2 Core मा ५ मेगापिक्सलको क्यामराको साथ सामसङको Exynos 7870an Octa-Core processor रहेको छ । Galaxy A2 Core फोनमा 16GB को स्टोरेज रहेको छ भने कार्डको सहयोगबाट क्षमता वृद्धि गरी सहजै रुपमा शेयर, स्ट्रीम तथा गेमहरु खेल्ने स्वतन्त्रता प्राप्त गर्न पनि सकिन्छ ।

उत्कृष्ट डिस्प्ले

१२.६४ सि एम (5.0′)  QHD डिस्प्लेले हरेक कुरा सफा एवं उत्कृष्ट प्रदर्शन गर्दछ ।

उत्कृष्ट क्यामरा

यसमा भएको ५.० मेगापिक्सलको क्यामराले उत्कृष्ट फोटो खिच्दछ । यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

पर्फमेनस् तथा पावर

A2 Core मा Samsung Exynos 7870 Octa-Core processor तथा AnroidTMOreoTM (Go edition) रहेको छ ।

ज्यादा स्टोर

16GB को इन्टरलन स्टोरेजमा आवश्यक हरेक कुराहरु भण्डारण गर्न सकिने छ । साथै मोबाइलका एपहरुलाई SD कार्डमा स्थानान्तरण पनि गर्न सकिने छ ।

लामो समयसम्म चल्ने ब्याट्री

निरन्तर मनोरञ्जनको लागि 2600mAh को ब्याट्री तथा 1.5X video playback सुविधा रहेको छ ।

मूल्य तथा उपलब्धता

Galaxy A2 core को मूल्य नेपाली बजारमा ९,३९० रहेको छ । Galaxy A2 coreBlue, Dark Grey तथा gold गरी आकर्षक तीन रंगमा नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक रिटेल स्टोर्सहरु तथा सामसङ ब्राण्ड सपहरुबाट उपलब्ध रहेका छन् ।