
काठमाडाैँ, ३० बैशाख । मध्यम तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै एभरेष्ट बैंकले गज्जबको योजना सार्वजनिक गरेको छ । बैंकले हालै सार्वजनिक गरेको होम लोन योजनाले मध्यम तथा निम्न वर्गीय परिवारलाई निकै राहत हुने देखिएको छ ।
बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाऊँ’ भन्ने नारा सहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ५ सय ९९ को होम लोन ल्याएको जानकारी दिएको छ।
बैंकको अनुसार अभियानमा ग्राहकले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि लोन पाउँनेछन् । बैंकको यस अभियानको लाभ उठाउँदै घर बनाउने सपना पूरा गर्न प्रेरित गरेको छ।
‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्टले ग्राहकको लाभ र सन्तुष्टिलाई ध्यान दिने बताएको छ। बैंकको ग्राहकको संख्या १० लाख बढी रहेको बैंकले जानकारी दिएको छ।
साथै, ‘क्यामेलस् रेटिङ’मा एभरेष्ट बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ। बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर, ११६ एटीएम र बृहत बाह्य सन्जाल मार्फत बैंकिङ कारोबार गर्दै आएको छ।
















प्रतिक्रिया