२ कार्तिक २०८३, सोमबार

केवरत जातिको आदिवासीमा सूचीकृत माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३ फागुन । केवरत जातीय समाजले आपूmहरुलाई आदिवासी जनजातिमा सूचीकृत गर्न सरकारसँग माग गरेको छ ।

मोरङको रङ्गेलीमा समाजका अध्यक्ष चतुर्भुजलाल दासले सरकारले केवरत जातिको भाषा शब्द सङ्ग्रहसमेत प्रकाशन गरेको र यो समुदायको आफ्नै धर्म, भाषासंस्कृति थातथलो रहेकाले आफूहरुलाई मधेसी समुदायमा सूचीकृत गरेर राज्यले अन्याय गरेको आरोप लगाउनुभयो ।

नेपालमा १५ हजारभन्दा बढी केवरत जाति रहेकामा मोरङ र झापामा यो जातिको बसोबास अत्यधिक छ ।