१ कार्तिक २०८३, आइतबार

आधा विहे सकिएपछि वेहुला फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marrigeकाठमाडौं, ३ फागुन । आफैंले मन पराएर जीवनसाथी बनाउन लागेको बेहुली छोडी बेहुलो नै मण्डपबाट भाग्यो भन्दा पत्याउन निकै गाह्रो पर्छ ।

तर, शनिबार काठमाडौंको बत्तीसपुत्तलीस्थित राम मन्दिरमा यस्तै अपत्यारिलो घटना भएको छ ।

तामझामका साथ आएका झापाका एक युवक आधा विवाह सकिएपछि मण्डपबाटै भागेका छन् ।

कुनै कारण नबताई बेहुलो भागेपछि बेहुली पक्षधर भने मर्माहत बन्न पुगेको छ ।

झापा कुमरखोद स्थायी घर भएका नेत्रप्रसाद काफ्ले शनिबार दिउँसो पागलको नाटक गरी विवाह मण्डपबाट भागेका हुन् ।

उनी बेहुला बनेर झापा बुधबार स्थायी घर भई हाल गुहेश्वरी बस्दै आएकी खतिवडा थरकी युवतीलाई बेहुली बनाएर आफ्नो घर भित्र्याउन राम मनिदर आएका थिए ।

विवाहका लागि सबै सामग्री तयार पारी जन्तीसहित बेहुली लिन राम मन्दिर पुगेका बेहुला काफ्ले एक्कासि पागलको नाटक गरी मण्डप छोडेर हिँडेका हुन् ।

‘पागल भएको नाटक गरी विवाह मण्डपबाट एक्कासी बेहुला (काफ्ले) भागे,’ घटनाका पत्यक्षदर्शीले भने । बेहुला मण्डप छाडेर हिँडेपछि बेहुलीका आफन्त न्याय माग्दै प्रहरी कार्यालयमा पुगेको समाचार राजधानी दैनिकले छापेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार तामझामका साथ मन्दिर प्रवेश गरेका बेहुलाको केटीपक्षले पनि राम्रो स्वागत सत्कार गरेका थिए ।

तर, के कुरामा चित्त बुझेन कुन्नी, उनी त विवाह आधा हुनलाग्दा पागलजस्तो नाटक गर्न थाले ।

त्यति मात्र होइन, विवाह मण्डप नै छाडेर हिँडेपछि बेहुली पक्ष समस्यामा परेका हुन् ।

मन्दिरमा बेहुलाले गर्ने कर्म गरिरहेकै बेला उनी एक्कासि पागल भएको नाटक गर्न पुगे ।

अभियन गरिरहेका बेहुला मण्डप नै छाडेर हिँडेपछि जन्ती र केटी पक्षका आफन्तहरु अलमल भएका थिए ।

बेहुला काफ्लेले मण्डप छाडेपछि आफन्तहरुले उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगेका थिए ।

तर, अस्पतालले उनमा कुनै रोग देखा नपरेको बताएको छ ।