
काठमाडौँ, २८ बैशाख । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।
दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।















प्रतिक्रिया