३० आश्विन २०८३, शुक्रबार

अछाममा अनौठो बालकको जन्म: तीन ओठ र दुई वटा जिब्रो, आन्द्रा, फोक्सो, मुटु शरीर बाहिर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baccha

टेकराज भण्डारी

अछाम २ फागुन । अछाम जिल्लामा अनौठो बालकको जन्म भएको छ ।

अछामको रानीवन गाविसमा आन्द्रा, फोक्सो तथा मुटु बाहिर रहेको अवस्थामा एक बालकको जन्म भएको छ । शनिबार बेलुकी साँढे ५ बजेतिर रानीबन वडा नम्बर ८ का लालुराम जैसी र परुदेवि जैसीको सन्तानका रुपमा ती अनौठो बालकको जन्म भएको हो ।

रानीवन उपस्वास्थ्य चौकीमा जन्मिका ती बालकको ३ वटा ओठ रहेको, २ हातमा १२ औंला तथा हात बांगो रहेको, २ वटा जिब्रो तथा नाक र मुख एकै ठाउँमा रहेको उपस्वास्थ्य चौकीका अनमी रीता नेपालीले बताउनुभयो ।

बच्चाको अण्डकोष पनि नरहेको स्थानीय रामप्रसाद न्यौपानेले बताउनुभयो । बच्चा हेर्नेको घुईचो रहेको र अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको अनमी नेपालीले बताउनुभयो । गर्भावस्थामा ४ पटक गर्भजाँच गरेको भएपनि सुविधा नभएका कारण भिडियो एक्सरे नगरिएको बताइएको छ ।